काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण गरेको छ ।
आगामी जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण भएको हो ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले एक सूचना जारी गर्दै कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको जानकारी गराएको हो।