काठमाडौं । बैशाख ३० गते हुने स्थानिय निर्वाचनका सन्दर्भमा निजी विद्यालयहरुको छाता संगठन काठमाडौं एन प्याव्सनले ६ दिन विद्यालय बन्द गर्ने भएको छ ।
बैशाख २८ गते निर्वाचन मौनअवधि शुरु भएसँगै पठनपाठन बन्द गर्ने निर्णय गरिएको अध्यक्ष खडक बस्नेतले बताए ।
बस्नेतका अनुसार बैशाख २८ गतेबाट बन्दरहने विद्यालयहरु पुनः जेठ ३ गतेबाट सुचारु हुनेछन् ।