काठमाडौं । स्थानीय तहको चुनावमा मौनअवधि शुरु हुनै लाग्दा नेपाली कांग्रेसले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्ने भएको छ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस केन्द्रीय कार्यालयमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बिहान ११ बजे पत्रकार सम्मेलन गर्न लागेका हुन्।
आइतबार मात्र प्रमुख प्रतिपक्षी एमालेले पत्रकार सम्मेलन गरेको थियो ।