काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन भने हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।
यसैगरी पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १९० जना सक्रिय संक्रमित रहेका छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ६९३ पीसीआर परीक्षण र १ हजार ३०९ एन्टिजेन परीक्षण भएको छ।