काठमाडौँ । सरकारले आगामी ३० गते हुने स्थानीय तह निर्वाचनका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी सूचनामा नेपाल सरकार, मन्त्रिपरिषद्को हिजोको बैठकबाट स्थानीय निर्वाचनका दिन बिदा दिने निर्णय भएको हो ।
