श्रीलंका संकटः राजापाक्षे परिवारको घरमा आगजनी

श्रीलंका संकटः राजापाक्षे परिवारको घरमा आगजनी

२०७९, बैशाख २७ मंगलवार

  • 1.1K
    SHARES

  • श्रीलंका संकटः राजापाक्षे परिवारको घरमा आगजनी

    काठमाण्डौं । राजनीतिक तथा आर्थिक संकटबाट गुज्रिएको श्रीलंकामा हिंसात्मक झडप भएका छन् ।

    प्रदर्शनकारीले राष्ट्रपति गोटाबाय राजापाक्षे र उनका दाइ महिन्दा राजापाक्षेका अभिभावकको स्मारक भत्काइदिएका छन् ।

    प्रदर्शनकारीले राजधानी कोलम्बोबाट करिब २५० किलोमिटर टाढा रहेको राजपाक्षे परिवारको घरमा आगजानी गरेका थिए ।

    तीब्र विरोधबीच यसअघि प्रधानमन्त्री राजापाक्षेले सोमबार दिउसो पदबाट राजीनामा दिएका थिए ।

    प्रदर्शनकारीले तीन पूर्वमन्त्री र दुई जना सांसदको घरमासमेत आगजनी गरेका छन् ।

    झडपमा सत्तारुढ दलका सांसदको मृत्यु भएको छ । झडपमा सांसद अमरकिर्थी अथुकोरालाको मृत्यु भएको हो ।-एजेन्सी

    २०७९, बैशाख २७ मंगलवार०७:१६:२३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार