उपत्यकामा एमालेको शक्तिप्रदर्शन आज, अध्यक्ष ओलीले सम्बोधन गर्ने

उपत्यकामा एमालेको शक्तिप्रदर्शन आज, अध्यक्ष ओलीले सम्बोधन गर्ने

२०७९, बैशाख २७ मंगलवार

  • 1.0K
    SHARES

  • उपत्यकामा एमालेको शक्तिप्रदर्शन आज, अध्यक्ष ओलीले सम्बोधन गर्ने

    काठमाडौं। प्रमूख प्रतिपक्षी पार्टी नेकपा (एमाले) ले आसन्न स्थानिय चुनावका सन्दर्भमा आज उपत्यकामा शक्तिप्रदर्शन गर्दैछ । 

    दिउँसो २ बजे काठमाडौंको भृकुटी मण्डपमा आयोजना गरिने सभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । देशका प्रमूख शहरमा सभा आयोजना गरिसकेको एमालेको आजको सभा अन्तिम चुनावी सभा हुने जिल्ला कमिटी सचिव राजेश शाक्यले जानकारी दिए ।

    ‘‘नेकपा (एमाले)ले आज गर्ने सभा स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम सभा हो,’ शाक्यले भने, ‘देशभरी नै सन्देश दिने उद्देश्यले काठमाडौंमा अन्तिम चुनावीसभा गर्न लागेका हौं।’

    आजको सभामा काठमाडौं महानगरपालिकासहित काठमाडौं जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आ–आफ्नो पालिकाको जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुने पनि शाक्यले जानकारी दिए ।

    ‘११ वटै पालिकाका लागि हामीले बागबजार, सुन्धारा र पुतलीसडक गरी तीन स्थान तोकेका छौं’ काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउजाले बताए । 

    २०७९, बैशाख २७ मंगलवार०७:५२:२२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार