काठमाडौं । आसन्न बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको प्रचारप्रसार समय सकिनै लाग्दा सबै राजनीतिक पार्टीले आफ्नो गति बढाएका छन् ।
सोमवार घरदैलो अभियान अन्तर्गत काठमाडौं महानगरपालिका प्रमूखमा गठबन्धनबाट नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले बानेश्वर क्षेत्रमा सयौं नेता कार्यकर्ताका साथमा चुनावी र्याली सम्पन्न गरिन् । वडाध्यक्षका उमेदवार रविन्द्र विक्रम राणा (प्रकाश) राणा, सदस्यहरु सम्झना अछामी, देवी सुवेदी, अशोक केसी, राजेश गुरुंग, युवा नेता सुरज लामिछाने सहित नेता कार्यकर्ताले पुरानो बानेश्वर, भिमसेनगोला, नयाँबानेश्वर, शान्तिनगर, मिनभवन क्षेत्रमा परिक्रमा गरे ।

आधा आकाश महिलाले ढाकेका छन् तसर्थ यस पटकको भोट महिलालाई भन्दै सिर्जनालाई स्वागत गर्नेको तँछाडमछाड देखिन्थ्यो । टिका, खादा, अविरका साथमा वडा उमेदवार सहितको घरदैलो अभियानबाट आफु उत्साहित रहेको सिंहको भनाई छ ।
उमेदवारी घोषणाका समयमा परिवारवाद हावी भएको आरोप खेपेकी सिर्जनाले शान्त प्रतिवाद गर्दै मतदाताको मन जितिरहेकी छन् एक स्थानियको भनाई छ । घरदैलो अभियानमा उपप्रमूखका उमेदवार रामेश्वर श्रेष्ठको खोजि भएपनि कांग्रेस कार्यकर्ताले गठबन्धनको झण्डा बोकेर मत माग्न जानु भन्दा चारतारे झण्डा र रुखका झण्डामात्र बोक्दा नै आफुहरुलाई आनन्द लाग्ने विद्यार्थी नेता गणेश श्रेष्ठले बताए ।
