काठमाडौं । सरकारले हप्तामा दुई दिन बिदा दिने सूचना राजपत्रमा प्रकाशित गरेको छ ।
नेपाल सरकारले वैशाख १३ गते हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।
जेठ १ गतेबाट शनिबार र आइतबार बिदा दिने निर्णय गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको हो ।
कार्यालय समयभने जेठ १ गतेदेखि बिहान ९:३० बजेदेखि ५:३० बजेसम्म तय गरिएको छ ।

