नयाँ मतदाता र परिचयपत्र हराएकालाई आज र भोलि वितरण गरिँदै 

नयाँ मतदाता र परिचयपत्र हराएकालाई आज र भोलि वितरण गरिँदै 

२०७९, बैशाख २८ बुधवार

  • 829
    SHARES

  • नयाँ मतदाता र परिचयपत्र हराएकालाई आज र भोलि वितरण गरिँदै 

    काठमाडौँ । शुक्रवार हुने मतदानका लागि नयाँ मतदाताहरूले आज र भोलि मतदाता परिचयपत्र पाउने भएका छन् ।

    पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचयपत्र हराएको भनी सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदाताले बुधबार र बिहीबार सम्बन्धित मतदानस्थलबाट मतदाता परिचयपत्र पाउने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

    उनका अनुसार मतदाता परिचयपत्र वितरणसँगै मतदाता शिक्षा अन्तर्गत मतदान गर्ने सही तरिकासम्बन्धी जानकारी दिने कार्यक्रम छ।

    शुक्रबार हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, स्वयंसेवक लगायत मतदानको कार्यमा खटिने जनशक्ति मतदान स्थलमा पुगिसकेको जानकारी दिइएको छ ।

    २०७९, बैशाख २८ बुधवार०७:४३:५५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार