विद्यालयहरू आजदेखि ६ दिनसम्म बन्द, अधिकांश सामुदायिक विद्यालयमा मतदान केन्द्र  

विद्यालयहरू आजदेखि ६ दिनसम्म बन्द, अधिकांश सामुदायिक विद्यालयमा मतदान केन्द्र  

२०७९, बैशाख २८ बुधवार

  • 1.5K
    SHARES

  • विद्यालयहरू आजदेखि ६ दिनसम्म बन्द, अधिकांश सामुदायिक विद्यालयमा मतदान केन्द्र  

    काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि आजदेखि ६ दिनसम्म विद्यालयहरू बन्द हुने भएका छन् ।

    सरकारले मतदानको दिन ३० गते मात्रै बिदा दिने निर्णय गरेको थियो । तर धेरैजसो सामुदायिक विद्यालयहरूमा मतदान केन्द्र राखिएको, कतिपय शिक्षकहरू निर्वाचनमा खटिएको र कतिपय मतदान गर्न जिल्ला जानुपर्ने भएको भन्दै आजबाट विद्यालयहरू बन्द गरिएको हो ।

    यसअघि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ७७ वटै शिक्षा विकास तथा समन्वय इकाईलाई मतदान केन्द्र कायम भएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बिदा दिन निर्देशन दिएको थियो ।

    वैशाख ३१ गते शनिवार परेको र सरकारले जेठ १ गतेदेखि आइतबारको दिन पनि सार्वजनिक बिदा दिने निर्णय गरेकाले आइतबार पनि बिदा हुने छ । जेठ २ गते बुद्ध जयन्ती परेकाले सो दिन पनि सार्वजनिक बिदा हुने छ । त्यस कारण आजबाट ६ दिनसम्म विद्यालयहरू बन्द हुने छन् । विद्यालयहरू बन्द भएसँगै काठमाडौं उपत्यकाबाट मतदान गर्न गाउँ फर्किनेहरूको सङ्ख्या बढेको छ ।

    हाल देशभर करिब २७ हजार सामुदायिक र करिब ८ हजार निजी विद्यालय छन् ।

    २०७९, बैशाख २८ बुधवार११:००:५१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार