रियल शीर्ष स्थानमा

रियल शीर्ष स्थानमा

२०७७, पौष १९ आइतवार

  • 3.9K
    SHARES

  • रियल शीर्ष स्थानमा

    पौष १९, काठमाडौं । 

    सेल्टाभिगोलाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगामा शीर्ष स्थानमा उक्लेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा रियलले सेल्टाभिगोलाई २-० ले पराजित गरेको हो ।

    सान्टियागो बर्नाब्उमा रियलललाई जिताउन खेलको छैटौं मिनेटमा लुकास भजक्वज र ५३औं मिनेटमा मार्को असेन्सिओले गोल गरेका थिए । भजक्जलाई असेन्सिओ र असेन्सिओलाई भज्केजले गोलका लाग असिस्ट पनि गरे ।

    रियल १७ खेलबाट ३६ अंक जोड्दै शीर्ष स्थानमा उल्केको हो । जितपछि रियलले सहरी प्रतिद्वन्दी एट्लेटिको मड्रिडलाई १ अंकले पछि पारेको छ ।

    एद्यपी एट्लेटिकोले १४ खेल मात्र खेलेको छ र ३५ अंकसहित दोस्रो स्थानमा छ ।

    २०७७, पौष १९ आइतवार०८:०५:२२
    प्रतिक्रिया
    सम्बन्धित समाचार