जेठ १ गतेदेखि बैङ्कहरू शनिबार र आइतबार दुई दिन बिदा हुने

जेठ १ गतेदेखि बैङ्कहरू शनिबार र आइतबार दुई दिन बिदा हुने

२०७९, बैशाख २८ बुधवार

  • 677
    SHARES

  • जेठ १ गतेदेखि बैङ्कहरू शनिबार र आइतबार दुई दिन बिदा हुने

    काठमाडौं । आगामी जेठ १ गतेदेखि बैङ्कहरू पनि सातामा दुई दिन बन्द हुने भएका छन् ।

    यसअघिको सरकारी निर्णय सातामा दुई दिन, शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएसँगै बैङ्कहरू पनि सो दिन बन्द हुने भएका हुन् ।

    आज एक सूचना जारी गर्दै नेपाल राष्ट्र बैङ्कले सरकारी निर्णय बमोजिम वित्तीय क्षेत्र पनि दुई दिन बन्द गरिने निर्णय भएको र सोही निर्णय बमोजिम कार्य गर्न तथा गराउन बैङ्क तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो ।

    तर, कार्यालय खुल्ला हुने दिन सोमबारदेखि शुक्रबारसम्म पाँच दिन भने बिहान ९:३० देखि ४:०० बजेसम्म नै बैङ्क खुल्ला राख्नुपर्ने राष्ट्र बैङ्कले जनाएको छ ।

    कात्तिक १६ देखि माघ १५ गतेसम्म भने यस्तो कार्यालय समय ९:३० बजेदेखि ३:३० बजेसम्म मात्र कायम हुने बैङ्कले जनाएको छ ।

    यसैगरी अन्य कार्यालयहरु भने बिहान ९:३० बजेदेखि ५:३० बजेसम्म खुल्ला राख्नुपर्ने सरकारी व्यवस्था छ ।

     

    २०७९, बैशाख २८ बुधवार०५:२६:१७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार