काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ७ सय ८८ नमूना परिक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।
यसैगरी आज १६ जना संक्रमित निको भएका छन् भने संक्रमित कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाख ३० गते निर्वाचनका दिन कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित भए पनि अत्यावश्यक स्वास्थ्य सेवा यथावत् रुपमा सञ्चालन गर्न सबै स्वास्थ्य संस्था तथा अस्पतालहरूलाई निर्देशन दिएको छ ।
मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. सङ्गीता मिश्राले कोरोना संक्रमण दर केही न्यून भए पनि जोखिम कायमै रहेकोले मतदान गर्न जाँदा जनस्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न सबै मतदाताहरूलाई आग्रह गरिन् ।