पौष १९, काठमाडौं ।
राष्ट्रिय युवा संघ नेपाल काठमाडौं क्षेत्र नं १ मा युवा भेला सम्पन्न भएको छ ।
नेकपा केन्द्रिय कमिटी सदस्य एवमं प्रदेश सांसद गणेश दुलालको प्रमुख आतिथ्यतामा तथा राष्ट्रिय युवा संघ नेपालका काठमाडौं जिल्ला सह-संयोजक पेम्बा घलेको उपस्थितिमा शनिवार भेला सम्पन्न भएको हो ।
भेलाको अध्यक्षता संघका जिल्ला कमिटि सदस्य तथा क्षेत्रीय अध्यक्ष अजय जंग शाहीले गरेका थिए । अगुवा युवा कार्यकर्ता मात्र बोलाइएको भेलामा ६० भन्दा बढी युवाहरुको सहभागिता थियो ।
पार्टी एकताको प्रक्रियामा लामो समय सम्म संगठनहरु बन्धक जस्तै बनाइएकामा युवाहरुलाई सशक्त ढंगले परिचालन गर्न नसकिएको केन्द्रिय सदस्य दुलालको दुखेसो थियो ।
अब पार्टी कोर्स अगाडी बढेकाले युवाहरु एक ढिक्का भएर अगाडी आउन पनि दुलालले आग्रह गरे ।
त्यसै गरि पार्टीका थुप्रै जनंगठनहरु रहेकाले मैदानमा युवाले आफ्नो वर्चस्व स्थापितका लागि युवा संघका कार्यक्रम एवमं उपस्थिति रचनात्मक र जुझारु रहनु पर्ने जिल्ला सह-संयोजक घलेको भनाई थियो ।
अबका केहि हप्ता भित्रैमा शाखा कमिटिहरु पुनर्गठन गरिने पनि कार्यक्रमका सभापति शाहीले बताए ।
यो निर्वाचन क्षेत्र भित्र काठमाडौं महानगरपालिकाका वडा नं १०, ११, २९ र ३१ रहेका छन् ।