सातामा दुई दिन बिदाबारे त्रिभुवन विश्वविद्यालय मौन

सातामा दुई दिन बिदाबारे त्रिभुवन विश्वविद्यालय मौन

२०७९, बैशाख २९ बिहिवार

  • 1.2K
    SHARES

  • सातामा दुई दिन बिदाबारे त्रिभुवन विश्वविद्यालय मौन

    काठमाडौँ । सातामा दुई दिने बिदाको प्रावधान कार्यान्वयन गराउने विषयमा त्रिभुवन विश्वविद्यालय भने अझै मौन रहेको छ । त्रिविले वैशाख २३ गते देखि नै लागू हुने गरी आङ्गिक क्याम्पसहरूमा भने जेठ १३ गते सम्म वर्षे बिदा दिइसकेको छ।

    तर प्रशासनिक कर्मचारीका लागि भने तत्काल दुई दिने बिदाको प्रावधान कार्यान्वयन नहुने विश्वविद्यालयका शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुसालले बताए । उनले भने, “निर्वाचनअघि यस विषयमा निर्णय हुने सम्भावना छैन । तसर्थ विश्वविद्यालयमा तत्कालका लागि सातामा एक दिन मात्रै बिदा हुन्छ ।”

    पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढी रहँदा मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेको र सातामा दुई दिन बिदा दिँदा यस्ता वस्तुको खपत घट्न गई मुलुकबाट बाहिरिने र खर्च पनि कटौती हुने सरकारको विश्वास छ ।

    दुई दिन बिदाको निर्णय कार्यान्वयनमा आएपछि बाँकी दिनमा सरकारी कार्यालय हरेक दिन बिहान ९ : ३० मा खुल्ने र बेलुका ५ : ३० मा बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

    सरकारको निर्णयलाई लिएर प्राध्यापक तथा कर्मचारी संगठनका नेताहरुका मिश्रित प्रतिक्रिया आएका छन् । 

    २०७९, बैशाख २९ बिहिवार०७:२७:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार