गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारलाई सुरक्षाका लागि नियन्त्रणमा

गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारलाई सुरक्षाका लागि नियन्त्रणमा

२०७९, बैशाख २९ बिहिवार

  • 813
    SHARES

  • गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारलाई सुरक्षाका लागि नियन्त्रणमा

    मङ्गलबारे । नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । 

    उक्त गाउँपालिका–५ को जमुनामा बुधबार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ थियो ।

    उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ । मौन अवधिमा दुबैजनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले होहल्ला गर्दै खेदाउन खोजेपछि सुरक्षाका लागि सशस्त्र प्रहरीले नियन्त्रणमा लिएकोे हो । 

    जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि  सुरक्षाका लागि राखिएको बताए । 

    मौन अवधिमा उम्मेदवार राईले मतदाताहरूलाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासीहरुले विरोध गरेका थिए । 

    आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनलाई कारबाही गर्नसमेत उनीहरुले माग गरेका थिए ।

    २०७९, बैशाख २९ बिहिवार०७:३८:२५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार