संयुक्त राष्ट्रसंघका महासचिवद्धारा खाद्य सुरक्षाका लागि आह्वान

संयुक्त राष्ट्रसंघका महासचिवद्धारा खाद्य सुरक्षाका लागि आह्वान

२०७९, बैशाख २९ बिहिवार

  • 929
    SHARES

  • संयुक्त राष्ट्रसंघका महासचिवद्धारा खाद्य सुरक्षाका लागि आह्वान

    संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विश्व द्याद्य सुरक्षाका लागि केही पहल गर्नुपर्ने बताएका छन् ।

    उनले केही वर्षयतादेखि नै विश्वमा खाद्य सुरक्षाका लागि पहल गर्नुपर्ने अवस्था देखिँदै आएको बताउँदै तर युक्रेन र रुसको द्धन्द्धका कारण पछिल्ला दिनमा यसको समस्या झन् बढी देखिएको बताएका छन् ।

    विश्वमा दिन प्रतिदिन खाद्य संकट बढ्दै गएको भन्दै यसका लागि केही गर्नुपर्ने उनले बताएका छन् । विश्वमा देशहरुलाई खाद्यान्नको सुरक्षाका लागि पनि विशेष खालका कार्यक्रमहरु लक्षित गर्न आग्रह गरेका हुन् ।

    उनले अहिले विश्वमा खाद्य असुरक्षा बढ्दै गएको र त्यस्तै अवस्था आफूले हालै गरेको युक्रेन र रुसको भ्रमणका क्रममा पनि देखिएको भन्दै यसका लागि केही गर्नुपर्नेमा उनले सबैलाई आग्रह गरेका हुन् ।

    हिजो भियनामा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले सो कुरामा जोड दिएका थिए ।

    रुस युक्रेन द्धन्द्धका कारण यहाँ इन्धनको आपूर्तिमा समस्या देखिएको र त्यसबाट उत्पन्न भएको समस्याबाट हाल ती दुई देश मात्र नभएर बाहिरी विश्व पनि समस्यामा परेको महासचिव गुटरेसको भनाई छ ।-एजेन्सी ।

    २०७९, बैशाख २९ बिहिवार०२:२३:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार