श्रीलङ्कामा नयाँ प्रधानमन्त्री नियुक्त हुँदै

श्रीलङ्कामा नयाँ प्रधानमन्त्री नियुक्त हुँदै

२०७९, बैशाख २९ बिहिवार

  • 957
    SHARES

  • श्रीलङ्कामा नयाँ प्रधानमन्त्री नियुक्त हुँदै

    कोलम्बो । श्रीलङ्कालाई हाल परिरहेको डरलाग्दो आर्थिक सङ्कटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोटबाया राजापाक्षेले बिहीबार नयाँ प्रधानमन्त्रीको नाम तय गरेका छन् ।

    पूर्व प्रधानमन्त्री रनिल विक्रमासिंघे २२५ सदस्यीय संसदमा क्रसपार्टी समर्थनमा एकता सरकारको नेतृत्व गर्न अग्रपङ्क्तिमा रहेको बताइएको छ ।

    उनलाई आजै शपथ गराइने सम्भावना रहेको राष्ट्रपतिका वरिष्ठ अधिकारीले एएफपी समाचार समितिलाई बताएका छन् ।

    राष्ट्रव्यापी विरोध प्रदर्शनको सामना गर्न राष्ट्रपतिले बुधबार राती राष्ट्रको नाममा टेलिभिजनमा सम्बोधन गरेका छन् ।

    ‘म संसदमा बहुमत र जनताको विश्वास जित्ने प्रधानमन्त्रीको नाम घोषणा गर्नेछु’ टेलिभिजन सम्बोधनमा राजापाक्षेले भनेका थिए ।

    दुई करोड २० लाख जनसंख्या भएको यस देशमा खाद्यान्न, इन्धन र औषधि चर्को अभाव र विद्युतमा स्वतन्त्रताको कारण आर्थिक सङ्कटमा फसेको थियो ।

    महिन्दा राजापाक्षेले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनका समर्थकहरूले सरकार विरोधी समर्थकहरूलाई आक्रमण गरे लगत्तै कोलम्बोमा दङ्गा फैलिएको थियो ।

    केही दिन जारी रहेको यस हिंसामा कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य २०० भन्दा बढी घाइते भएका थिए । राजापाक्षेका समर्थकहरुले घरहरूमा आगो लगाएका थिए ।-एजेन्सी ।

    २०७९, बैशाख २९ बिहिवार०२:५५:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार