देशैभर मतदान सुरु, केशव स्थापितले हाले भोट

देशैभर मतदान सुरु, केशव स्थापितले हाले भोट

२०७९, बैशाख ३० शुक्रवार

  • 1.7K
    SHARES

  • देशैभर मतदान सुरु, केशव स्थापितले हाले भोट

    काठमाडौँ। पाँच वर्षका लागि स्थानीय तहका जनप्रतिनिधि चुन्न मतदान सुरु भएको छ । देशैभर मतदान सुरु भएको निर्वाचन आयोगले जानकारी दिएको छ । मतदान साँझ ५ बजेसम्म जारी हुनेछ ।

    ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तह र ६७४३ वडाका ३५ हजार २२१ जनप्रतिनिधि चयन गर्न आज मतदान हुँदैछ ।

    कपिलवस्तुको महाराजगन्ज नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकाको एक वडासहित केही ठाउँमा भने आज मतदान हुनेछैन ।

    उम्मेदवारको मृत्यु भएका कारण ती ठाउँमा छुट्टै मिति तय गरी निर्वाचन प्रक्रिया सुरु गरिएको छ । ती ठाउँमा केही दिनपछि मात्रै मतदान हुनेछ ।

    यस पटक मतदान गर्ने योग्य व्यक्ति एक करोड ७७ लाख ३३ हजार ७२३ जना रहेका छन् । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष छन् भने ८७ लाख ४१ हजार ५३० महिला, र १८३ अन्य छन् ।

    मतदान शुरु भएसँगै काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले भोट हालेका छन्।

    स्थापितले काठमाडौँ-२८ स्थित बागबजारमा रहेको पद्मकन्या क्याम्पसमा भोट हालेका हुन्।

    २०७९, बैशाख ३० शुक्रवार०७:४४:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार