आज देशैभर तिनघेराको सुरक्षा प्रबन्ध

आज देशैभर तिनघेराको सुरक्षा प्रबन्ध

२०७९, बैशाख ३० शुक्रवार

  • 1.0K
    SHARES

  • आज देशैभर तिनघेराको सुरक्षा प्रबन्ध

    काठमाडौं । एकैसाथ देशभर सुरु भएको स्थानीय तहको निर्वाचनको मतदानको दिन आज सरकारले बलियो सुरक्षा प्रबन्ध गरेको छ । मतदान अवधिमा तीन घेराको सुरक्षा व्यवस्थासहित सुरक्षा व्यवस्था गरी चुस्त र भरपर्दो बनाइएको छ ।

    मुलुकभर दुई लाख ६० हजार बढी सुरक्षाकर्मीले निर्वाचनको पहरा दिइरहेका छन् । उनीहरुले एकीकृत र छुट्टाछुट्टै निर्वाचन सुरक्षा रणनीति निर्माण गरेर चुस्त सुरक्षा व्यवस्था मिलाएकाले मतदान शान्तिपूर्ण रुपमा सुरु भएको छ ।

    ती सुरक्षा निकायले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण शक्ति परिचालन भएको जनाउँदै कुनै अवाञ्छित घटना भएमा वा हुने सङ्केत मिलेमा नजिकका प्रहरी कार्यालयमा सूचना दिनसमेत आह्वान गरिएको छ ।

    गृहमन्त्रालयले एक सूचना जारी गरी सुरक्षा व्यवस्था चुस्त रहेकाले ढुक्कका साथ मतदानमा सहभागी हुन अनुरोध गरेको छ ।

    २०७९, बैशाख ३० शुक्रवार०७:५७:३४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार