अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो

अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो

२०७९, बैशाख ३० शुक्रवार

  • 1.1K
    SHARES

  • अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मत खस्यो

    काठमाडौं । स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत आज अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

    कूल ७५३ स्थानीय तहका १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भई जारी छ । केही छिटफुट घटनाबाहेक देशभर शान्तिपूर्ण तथा उत्साहजनकरुपमा मतदान भइरहेको आयोगले जनाएको छ ।

    दोलखा, सर्लाही, सप्तरी, रामेछाप, पर्वत, हुम्ला र बाजुराका केही मतदानस्थलमा सामान्य विवादका कारण मतदान कार्य अवरुद्ध भएको र पुनःसञ्चालन गर्ने प्रयास भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

     

    २०७९, बैशाख ३० शुक्रवार०१:२२:०३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार