निर्वाचन परिणामले गठबन्धनको एकतामा असर पार्दैन : डा कोइराला

निर्वाचन परिणामले गठबन्धनको एकतामा असर पार्दैन : डा कोइराला

२०७९, बैशाख ३० शुक्रवार

  • 825
    SHARES

  • निर्वाचन परिणामले गठबन्धनको एकतामा असर पार्दैन : डा कोइराला

    मोरङ । नेपाली  कांग्रेसका नेता डा शेखर कोइरालाले स्थानीय तहको निर्वाचनको परिणामले  गठबन्धन दलहरुको एकतामा कुनै असर नपार्ने बताएका छन् ।

    आदर्श मावि मतदान केन्द्रमा आज  सञ्चारकर्मीसँग कुरा गर्दै उनले निर्वाचन परिणाम जस्तोसुकै आएपनि गठबन्धन दलहरुको बीचको एकता नटुट्ने उनले प्रष्ट पारे ।
     
    नेता कोइरालाले निर्वाचन परिणामपछि  गठबन्धनदलहरुबीच समीक्षा गरी सोही अनुसार पार्टी अगाडि बढ्ने धारणा व्यक्त गरे ।

    अहिलेको निर्वाचन नगर र ग्रामीण क्षेत्रको  विकासका लागि भएकाले यसलाई दलहरुले प्रतिष्ठाको विषय बनाउन नहुने बताउँदै  नेता कोइरालाले सङ्घ र प्रदेशको निर्वाचन  राजनीतिक महत्वको हुने भए पनि पालिका निर्वाचन विशुद्ध विकास निर्माणकार्यमा केन्द्रित हुने उल्लेख गरे ।

    २०७९, बैशाख ३० शुक्रवार०४:३७:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार