उपत्यकामा साँझ ८ बजेदेखि सबै किसिमका सवारी चल्न दिइने

उपत्यकामा साँझ ८ बजेदेखि सबै किसिमका सवारी चल्न दिइने

२०७९, बैशाख ३० शुक्रवार

  • 933
    SHARES

  • उपत्यकामा साँझ ८ बजेदेखि सबै किसिमका सवारी चल्न दिइने

    काठमाडौं। स्थानीय तह निर्वाचनअन्तर्गत मतदान सकिएसँगै काठमाडौं उपत्यकामा आज साँझ ८ बजेपछि सार्वजनिकसहित सबै किसिमका सवारीसाधन सञ्चालन गर्न दिइने भएको छ ।

    मतदानको निर्धारित समय सकिए पनि अझै मतदाताहरू लाइनमा भएकाले साँझ ८ बजेपछि मात्रै निर्बाध रूपमा सवारीसाधन सञ्चालन गर्न दिइने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

    निर्वाचन आयोगले बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरेको थियो ।

    मतदानका लागि आज बिहान ६ बजेदेखि सबै किसिमका सवारी सञ्चालनमा रोक लगाइएको थियो ।

    यस समयावधिमा ट्राफिक प्रहरीले अनधिकृत रुपमा सञ्चालन भएका सवारी ‘होल्ड’ गरेको छ ।

    २०७९, बैशाख ३० शुक्रवार०५:५२:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार