मनाङको चामे गाउँपालिकामा एमाले विजयी

मनाङको चामे गाउँपालिकामा एमाले विजयी

२०७९, बैशाख ३१ शनिवार

  • 993
    SHARES

  • मनाङको चामे गाउँपालिकामा एमाले विजयी

    मनाङ । मनाङको चामे गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले० का लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन्। उनले ३२० मत प्राप्त गरी अध्यक्षमा निर्वाचित भएका हुन्।

    कूल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गरे। चामेको उपाध्यक्षमा कांग्रेसका मिङ्मार ढोमा लामा निर्वाचित भएका छन्।

    कम मतदाता भएको पालिकाको मतगणना सकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पुष्पराज शर्माले जानकारी दिए। मनाङ ङिस्याङ र नासो गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले बताए।

    हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेस विजयी भईसकेको छ।

    मतगणना आज साँझसम्ममा सकिने उनले जानकारी दिए। -रासस

    २०७९, बैशाख ३१ शनिवार०७:२९:१२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार