झापाको दमकमा एमालेको अग्रता

झापाको दमकमा एमालेको अग्रता

२०७९, बैशाख ३१ शनिवार

  • 729
    SHARES

  • झापाको दमकमा एमालेको अग्रता

    दमक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगरसमेत रहेको झापाको दमक नगरपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ।

    दमक-१ को २ सय मत गणना हुँदा मेयरमा एमालेकी गीता अधिकारीले ९६ मत प्राप्त गरेकी छन्।

    उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राम थापाले ७९ मत प्राप्त गरेका छन् । थापालाई गठबन्धनले साथ दिएको छ।

    उपमेयरमा गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली काँग्रेसकी रेगिना भट्टराईले ९० मत प्राप्त प्राप्त गर्दै अग्रता बनाएकी छन् । उनलाई नेकपा एकालेका अम्बिका प्रसाद खनालले ७८ मत पाएका छन्।

    २०७९, बैशाख ३१ शनिवार०८:०५:०५

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार