देउवाको गृह पालिकामा काँग्रेसलाई पछ्याउँदै काँग्रेस (बिपी)

देउवाको गृह पालिकामा काँग्रेसलाई पछ्याउँदै काँग्रेस (बिपी)

२०७९, बैशाख ३१ शनिवार

  • 1.0K
    SHARES

  • देउवाको गृह पालिकामा काँग्रेसलाई पछ्याउँदै काँग्रेस (बिपी)

    काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृह पालिका डडेलधुराको गन्यपधुरामा काँग्रेसको अग्रता कायमै छ ।

    काँग्रेसलाई काँग्रेस (बिपी)ले पछ्याइरहेको छ ।

    अहिलेसम्म काँग्रेसका उम्मेदवार इद्रबहादुर कार्कीले पाँच सय मत प्राप्त गरेका छन् भने काँग्रेस बिपीका अध्यक्षका उम्मेदवार सुरेन्द्रबहादुर मालीले २७६ मत प्राप्त गरेका छन् ।

    उपाध्यक्षमा काँग्रेसकै ज्ञानकुमारी सेटीले ४५२ मत प्राप्त गरेकी छन् भने एमालेका इन्द्रबहादुर महराले २७५ मत प्राप्त गरेका छन् । काँग्रेस बिपी र एमालेबिच त्यहाँ गठबन्धन रहेको छ ।

    २०७९, बैशाख ३१ शनिवार०८:१०:२६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार