विर्तामोड । झापाको हल्दीबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाले अग्रता लिएको छ। ३०१ मत गणना हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षका उम्मेदवार रवीन्द्रप्रसाद लिङदेनले १२९ मत ल्याएका छन्।
दोस्रोमा एमालेका डम्बरबहादुर गिरी रहेका छन्। उनले ११५ मत ल्याएका छन्।
त्यस्तै, नेपाली कांग्रेसका तुलसीप्रसाद ओलीले २२ तथा माओवादीका भवानीप्रसाद दंगालले १२ मत ल्याएका छन्।
उपाध्यक्ष पदमा एमालेका शान्ता देवी गौतमको ११६, राप्रपाका लक्ष्मीदेवी मैनालीको ९१, स्वतन्त्र उम्मेद्वार लखन हेमरमको २९ तथा माओवादीका टिकादेवी राउतको १५ मत रहेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको गृहपालिका समेत रहेको यस पालिकामा यसअघि अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी र उपाध्यक्षमा नेकपा एमालेले जितेको थियो ।