काठमाडौं । काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उमेदवार नेपाली कांग्रेसका वागीको अग्रता देखिएको छ । नौ सय मत गणना हुँदा स्वतन्त्र उमेदवार बिदुरबहादुर बस्नेतले अग्रता लिएका छन् ।
बस्नेत नेपाली कांग्रेसको नगर सभापति थिए । उनले गठबन्धनको विरोधमा स्वतन्त्र उमेदवारी दिएका थिए ।
उनै बस्नेतले अहिलेसम्म अग्रता हासिल गरेका छन् । नौ सय मत गणना गर्दा उनले ४०६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी नेकपा एमालेका उमेदवार अशोककुमार ब्यान्जुले ३४३ मत प्राप्त गरेका छन् भने गठबन्धनका आधिकारिक उमेदवार दयासागर श्रेष्ठले जम्मा १२ मत मात्र प्राप्त गरेका छन् ।