आजको मौसम : देशैभर हल्का वर्षाको सम्भावना

आजको मौसम : देशैभर हल्का वर्षाको सम्भावना

२०७९, बैशाख ३१ शनिवार

  • 1.2K
    SHARES

  • आजको मौसम : देशैभर हल्का वर्षाको सम्भावना

    काठमाडौँ, ३१ बैशाख । स्थानीय र पश्चिमी वायुका कारण आज मुलुकका विभिन्‍न क्षेत्रमा वर्षा हुने भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    महाशाखाका अनुसार आज बिहान प्रदेश १, मधेस, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो प्रदेश १, बागमती र गण्डकीका केही स्थान तथा मधेश, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    त्यस्तै आज राति प्रदेश १, मधेश र बागमतीका थोरै स्थानमा वर्षा हुने भएको महाशाखाले जनाएको छ ।

    २०७९, बैशाख ३१ शनिवार०९:५८:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार