जगदुल्ला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

जगदुल्ला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

२०७९, बैशाख ३१ शनिवार

  • 1.0K
    SHARES

  • जगदुल्ला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

    रुकुम पश्चिम । डोल्पाको जगदुल्ला गाउँपालिकामा माओवादी केन्द्रले जितेको छ ।

    एमाले, काँग्रेस र समाजवादीको गठबन्धनलाई पराजित गर्दै माओवादीका नारासिं रोकाय विजय बनेका हुन् ।

    उपाध्यक्षमा पनि माओवादीकै अमृता बोहरा निर्वाचित भइन् ।

    रोकायले ७ सय ७० मत ल्याएका छन् भने गठबन्धन तर्फका एमालेका उम्मेदवार हेमबहादुर महताराले ७ सय ४६ मत ल्याए ।

    उपाध्यक्षमा निर्वाचित बोहराले ७ सय ५९ मत ल्याउँदा एमालेकी चन्द्रावती थापाले ७ सय ४९ मत ल्याइन् ।

    ६ वडा रहेको यस गाउँपालिकाका २ वडा माओवादी केन्द्रले जितेको छ भने ४ वडा गठबन्धनले जितेको छ ।

    एमालेले १, ३ र ६ नम्बर वडा जितेको छ भने माओवादी केन्द्रले ४ र ५ नम्बर वडा जितेको छ । २ नम्बर वडा काँग्रेसले जितेको छ ।

    १ हजार ६ सय ९६ मतदाता रहेको जगदुल्लामा १ हजार ५ सय ३६ मत खसेको थियो । रोकाय २०७४ सालमा पनि अध्यक्षमा निर्वाचित भएका थिए ।

    २०७९, बैशाख ३१ शनिवार०३:५६:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार