आज आइतबार बजारमा उछाल आउँदा परिसूचकले नयाँ इतिहास रचेको छ। करिब ८८ अंकको उछाल आएसँगै आज सेयर बजार अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो।
यो दिन नेप्से परिसूचक २१०० विन्दुको प्रतिरोध पार गर्दै ऐतिहासिक उचाइमा पुग्न सफल भएको हो। आज एकैदिन परिसूचक ८८.१२ अंकले बढेर २१७५.३९ को उचाइमा पुगेको छ भने राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १७.१८ अंकले बढेर ४१५.८८ को विन्दुमा उक्लिएको छ।
आज कारोबार रकम पनि बढेर सवा ६ अर्ब बढीको भएको छ भने पाँचवटा कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ।
एकैदिन हिमालयन डिस्टिलरी र साल्ट ट्रेडिङको सेयरमूल्यमा १० प्रतिशत तथा नेपाल पुनर्बीमा कम्पनी, प्राइम कमर्सियल बैंक र प्राइम कमर्सियल बैंकको संस्थापक सेयरको मूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।
कुमारी बैंक, गुराँस लघुवित्त र नेसनल माइक्रोफाइनान्सको सेयरमूल्य पनि ९ प्रतिशतले बढेको छ।
जीवन बीमा समूह सर्वाधिक ५५०.९५ अंकले उकालो लागेको यो दिन निर्जीवन बीमा समूह २६८.४२ अंकले बढेको छ।
आज नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक ५० करोड ९५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
प्राइम कमर्सियल बैंकको ५० करोड २६ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन नेपाल टेलिकमको ४५ करोड ७ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको २७ करोड ५२ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २७ करोड ३७ लाख रुपैयाँ, एभरेस्ट बैंकको १९ करोड १७ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको १९ करोड १ लाख रुपैयाँ, प्रभु बैंकको १८ करोड ८६ लाख रुपैयाँ, नबिल बैंकको १६ करोड ८१ लाख रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सको १५ करोड ९२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल लाइफ र प्राइम कमर्सियल बैंकको ५०/५० करोड रुपैयाँको सेयर किनबेच भएको छ।
नेपाल टेलिकम ४५ करोड रुपैयाँको किनबेच हुँदा नेपाल पुनर्बीमा कम्पनी र एनआइसी एसिया बैंकको २७/२७ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
हिमालयन डिष्टिलरी, साल्ट ट्रेडिङ कर्पोरेसन र नेपाल पुनर्बीमा कम्पनी र प्राइम कमर्सियल बैंकको सेयर मूल्य १०/१० प्रतिशतले वृद्धि भएको छ।
नेशनल माइक्रो फाइनान्स, कुमारी बैंक र गुराँस लघुवित्तको सेयर मूल्य ९/९ प्रतिशतले वृद्धि हुँदा आशा लघुवित्त, नेपाल टेलिकम र सिटिजन बैंकको सेयर मूल्य ८/९ प्रतिशतले वृद्धि भएका छन्।
८८ अंकले बढेको बजारमा पनि १४ वटा कम्पनीको सेयर मूल्य भनेको घटेको छ। सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा राधी जलविद्युत कम्पनी, शिवश्री हाइड्रोपावर, युनाइटेड फाइनान्स र बुटवल पावर कम्पनीको सेयर मूल्य ३/४ प्रतिशतले घटेको छ।