धरान उपमहानगरपालिकामा काँग्रेसको अग्रता

धरान उपमहानगरपालिकामा काँग्रेसको अग्रता

२०७९, जेठ १ आइतवार

  • 821
    SHARES

  • धरान उपमहानगरपालिकामा काँग्रेसको अग्रता

    धरान । धरान उपमहानगरपालिकामा तीन हजार ५०० मत गणना गर्दा मेयर पदमा गठबन्धनका उम्मेदवार किशोर राई अग्रस्थानमा रहेका छन् । 

    पछिल्लो मत परिणामअनुसार उनले एक हजार ३४० प्राप्त गरेका छन् । स्वतन्त्रका उम्मेदवार हर्क साङपाङले ९२२ प्राप्त गरेका गरेका छन् ।  
     
    नेकपा (एमाले) की मञ्जु भण्डारीले ७०६ मत प्राप्त गरेकी छन् । उपमेयरमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का आइन्द्रविक्रम बेघाले एक हजार ४२९ र एमालेका पदम लिम्बूले ८४४ मत प्राप्त गरेका छन् ।   

    हाल वडा नं १, २ र ३ को मत गणना जारी छ । यी बजार क्षेत्र काँग्रेसको पकट क्षेत्र मानिन्छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा १ र २ काँग्रेस र ३ मा एमालेले विजयी गरेको वडा हुन् । 

    धरान २ मा एमालेका राई विजयी 
    धरान –२ को वडाध्यक्ष पदमा एमालेका उम्मेदवार रमेश राई ६९५ मत सहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट काँग्रेसका सुधीरसिंह लिम्बूले ६२३ मत प्राप्त गरेका छन् । अन्य सदस्यमा भने काँग्रेसका उम्मेदवार विजयी भएका छन् । २ नं वडामा २०७४ को निर्वाचनमा काँग्रेसले विजय हासिल गरेको थियो । 

    २०७९, जेठ १ आइतवार०९:०१:३२

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार