माघ ७ मा वाग्मती प्रदेशसभाको बैठक

माघ ७ मा वाग्मती प्रदेशसभाको बैठक

२०७७, पौष १९ आइतवार

  • 2.0K
    SHARES

  • माघ ७ मा वाग्मती प्रदेशसभाको बैठक

    पौष १९, काठमाडौँ ।

    वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा १ को अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशसभाको सातौँ बैठक अधिवेशन आगामी माघ ७ गते दिनको ३ः०० बजे बस्नेगरी आज आह्वान गरेका छन् ।

    प्रदेशसभाको सातौँ बैठक आगामी माघ ७ गते बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय भए अनुसार प्रदेश प्रमुख प्रसाईले आज उक्त बैठक बोलाउन आह्वान गरेको प्रदेशप्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले बताए । 

    प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको छैटौँ बैठक गत साउन ८ गते राति १२ः०० बजे अन्त्य भएको थियो ।

    प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ८०, नेपाली कांग्रेसका २२, नेपाल मजदुर पार्टीका दुई, विवेकशील साझा दलका तीन, राप्रपाका दुई र एक स्वतन्त्र सदस्य गरी कूल ११० प्रदेशसभाका सदस्य रहेका छन् । 

    २०७७, पौष १९ आइतवार०६:१८:२५
    प्रतिक्रिया
    सम्बन्धित समाचार