मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटिलाई विवादको विषय नबनाउन आयोगको आग्रह 

मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटिलाई विवादको विषय नबनाउन आयोगको आग्रह 

२०७९, जेठ १ आइतवार

  • 1.3K
    SHARES

  • मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटिलाई विवादको विषय नबनाउन आयोगको आग्रह 

    काठमाडौं। निर्वाचन आयोगले मतगणनाका क्रममा हुने सामान्य मानवीय त्रुटिलाई विवादको विषय नबनाउन आग्रह गरेको छ । 

    अनावश्यक विवाद झिकी मतगणना कार्य रोक्ने, हुल हुज्जत गर्ने, नाराबाजी गर्ने र समग्र मत गणना कार्यमा ढिलाइ गर्ने गरिएका प्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ । 

    मत गणनाका क्रममा देखिएको गतिविधिबाट पूर्व योजनाअनुसार जेठ ५ गते अगावै मतगणना कार्य सम्पन्न गर्ने उद्देश्यमा असर पुगेको आयोगले जनाएको छ । 

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आज विज्ञप्ति जारी गर्दै जिल्लामा रहेको जनशक्ति व्यवस्थापन समन्वय समितिसँग समन्वय गरी आवश्यक जनशक्ति व्यवस्थापन गरेर मतगणनालाई तीव्र बनाउन आग्रह गरेका हुन् । 

    उपलब्ध भएसम्म नेपाल सरकार तथा प्रदेश सरकारका कर्मचारीलाई मतगणना कार्यमा प्राथमिकतासाथ खटाउने तथा स्थानको उपलब्धताअनुसार सकेसम्म बढी मतगणना टोली कायम गरी मतगणना गर्ने व्यवस्था मिलाउन पनि आयोगले आग्रह गरेको छ ।

    aayog-1.jpg

    २०७९, जेठ १ आइतवार०५:१६:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार