विर्तामोड । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको गृहनगर भद्रपुरमा काँग्रेस–माओवादी गठबन्धन र नेकपा ९एमाले० का उम्मेदवारलाई पराजित गर्दै राप्रपाले विजयी सुरुवात गरेको छ ।
भद्रपुर वडा नम्बर ३ मा राप्रपाले वडाध्यक्षसहित प्यानल नै जितेको छ । राप्रपाबाट उम्मेदवार बनेका ३४ वर्षीय हेमबहादुर कार्की वडाध्यक्षमा निर्वाचित भएका छन् ।
उनले गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका शमशेर तामाङ र एमालेका कमला थुलुङलाई पराजित गरेका हुन् ।
तामाङ काँग्रेसका वडा सभापति हुन् भने थुलुङ निवर्तमान वडाध्यक्ष हुन् । कार्कीले १०१४ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी तामाङले ९४५ र थुलुङले ८३७ मत ल्याएका छन् ।
त्यस्तै खुला वडा सदस्यमा राप्रपाबाट पूर्णमाया सुब्बा लिम्बु ९५५ र मुदिलाल गणेश ९७३ मत ल्याई निर्वाचित भएका छन् ।
महिला सदस्यमा भुवामाया थापा पुलामी ९५५ र दलित महिला सदस्यमा शोभा दर्जी १००९ मत ल्याएर राप्रपाबाटै निर्वाचित भएका छन् ।