श्रीलंकामा भिषण बाढी, ६०० भन्दा बढी परिवार प्रभावित

श्रीलंकामा भिषण बाढी, ६०० भन्दा बढी परिवार प्रभावित

२०७९, जेठ २ सोमवार

  • 1.1K
    SHARES

  • श्रीलंकामा भिषण बाढी, ६०० भन्दा बढी परिवार प्रभावित

    कोलम्बो ।  श्रीलंकामा शनिबारदेखि जारी रहेको अविरल वर्षाका कारण भिषण बाढी आएको छ । सो बाढीका कारण यहाँ पहिरो पनि गएको बताइएको छ ।

    राजधानी कोलम्बोाट दक्षिणमा रहेको रतनपूरा जिल्लामा बाढीको प्रकोप बढी देखिएको छ । यस प्रकोपमा परेर ६०० भन्दा बढी परिवारका २ हजार २९० जना विस्थापित हुन पुगेका बताइएको छ ।

    यहाँका मौसमसम्बन्धी अधिकारीहरुले वर्षा अझै जारी रहने भएकाले सतर्कता अपनाउन भनेका छन् ।

    सो जिल्लाका ८२ भन्दा बढी घर भत्किएका छन् भने अरु भौतिक संरचनामा पनि बाढीले क्षति पुर्याएको छ ।सो बाढीका कारण आएको पहिराका साथै वर्षा जारी नै रहेकाले यहाँको धेरै क्षेत्र प्रभावित बनाउन सक्ने अनुमान गरिएको छ ।-एजेन्सी ।

    २०७९, जेठ २ सोमवार०५:०३:१९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार