एमालेको किल्ला कीर्तिपुरबाट काँग्रेसले खोस्यो नगर प्रमुख र उपप्रमुख

एमालेको किल्ला कीर्तिपुरबाट काँग्रेसले खोस्यो नगर प्रमुख र उपप्रमुख

२०७९, जेठ ३ मंगलवार

  • 753
    SHARES

  • एमालेको किल्ला कीर्तिपुरबाट काँग्रेसले खोस्यो नगर प्रमुख र उपप्रमुख

    काठमाडौँ । एमालेको किल्ला मानिएको कीर्तिपुर नगरपालिकामा नेकपा (एमाले) ले नराम्रो हार व्यहोरेको छ ।

    प्रमुखमा नेपाली काँग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित भएका छन् । 

    उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गरेका काठमाडौँ जिल्ला निर्वाचन अधिकृत ठाकुर भट्टराईले जानकारी दिए । 

    यसैगरी उपप्रमुख पदमा रुख चुनाव चिह्न लिएर उम्मेदवार बनेकी जनता समाजवादी पार्टीकी शुभलक्ष्मी शाक्यले आठ हजार ६६५ मत प्राप्त गरी विजयी भएकी छन् ।  

    उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले सात हजार २०६ मत प्राप्त गरेकी थिइन् । 

    २०७९, जेठ ३ मंगलवार०७:३१:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार