बुलिङटार गाउँपालिका अध्यक्षमा एमालेका दीपेन्द्र निर्वाचित

बुलिङटार गाउँपालिका अध्यक्षमा एमालेका दीपेन्द्र निर्वाचित

२०७९, जेठ ३ मंगलवार

  • 1.4K
    SHARES

  • बुलिङटार गाउँपालिका अध्यक्षमा एमालेका दीपेन्द्र निर्वाचित

    नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को बुलिङटार गाउँपालिकामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । 

    नेकपा (एमाले)बाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका २७ वर्षीय दीपेन्द्र सुनारी चार हजार ५९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।  

    सुनारीका प्रतिस्पर्धी नेपाली काँग्रेसका शशीकिरण बस्ताकोटीले तीन हजार ९०० मत प्राप्त गरे । बस्ताकोटी निवर्तमान गाउँपालिका अध्यक्षसमेत हुन् ।  

    त्यसैगरी, गाउँपालिका उपाध्यक्षमा भने नेपाली काँग्रेसकी दिलमाया राना मगर निर्वाचित भएकी छन् । उनले चार हजार २७३ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार भूमिका खण्डलुकले तीन हजार ५१९ मत मात्रै प्राप्त गरिन् ।  

    छ वटा वडा रहेको बुलिङटार गाउँपालिकाको पाँच वटा वडामा नेपाली काँग्रेसको प्यानलनै निर्वाचित भएको छ भने वडा नम्बर ५ मा नेकपा (एमाले)को प्यानल निर्वाचित भएको छ । 

    २०७९, जेठ ३ मंगलवार०७:४५:१०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार