कनकाईमा एमाले उमेदवार पोखरेल १६५८ मतान्तरले अगाडी 

कनकाईमा एमाले उमेदवार पोखरेल १६५८ मतान्तरले अगाडी 

२०७९, जेठ ३ मंगलवार

  • 1.4K
    SHARES

  • कनकाईमा एमाले उमेदवार पोखरेल १६५८ मतान्तरले अगाडी 

    विर्तामोड । झापाको कनकाई नगरपालिकाको मेयर पदमा नेकपा एमालेका उम्मेदवार तथा निवर्तमान मेयर राजेन्द्र पोखरेलले मतान्तर फराकिलो बनाएका छन्।

    ताजा मत परिणाम अनुसार पोखरेलले ६६११ मत ल्याएका छन्। उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका रुद्र चिमरियाले ४९५३ मत ल्याएका छन्। त्यसैगरी स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले ४७०२ मत पाएका छन्।

    थापा मतगणनाको सुरुवाती क्रममा रहेका ४ वटा वडाको अन्तिम मत परिणाम सम्म अग्र स्थानमा थिए। 

    उपमेयरतर्फ नेपाली कांग्रेसकी उम्मेदवार आशा शर्माले ८०८७ मत पाएर अग्रस्थानमा छिन्।

    नेकपा एमालेकी उम्मेदवार मञ्जु प्रसाईंले ६८०७ मत पाएकी छिन् भने राप्रपाकी उम्मेदवार सचित्रा खनाल चुँडालले १३७८ मत पाएकी छिन्।

    २०७९, जेठ ३ मंगलवार०८:२९:४४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार