कपन । बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नं १० मा एमालेबाट अध्यक्षका उमेदवार नवराज भट्टराईले फराकिलो अग्रता लिएका छन् ।
आयोगले भरखरै जानकारी दिए अनुसार भट्टराईले १२९२ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार डोर प्रसाद आचार्यले ६६९ मत प्राप्त गरेका छन् । त्यस्तै सदस्यहरुमा एमाले उमेदवारहरु सबैले ११०० मत कटाएका छन् ।
त्यस्तै नगर प्रमूख र उपप्रमूखमा पनि एमाले उमेदवारहरुले फराकिलो अग्रता कायम गरेका छन् ।
नगरप्रमूख र उपप्रमूखका एमाले उमेदवारहरु मिठाराम अधिकारी र अनिता लामाले क्रमशः ८३१४ र ८६३७ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका उमेदवार बिनोद चालिसे र रमिला वाग्ले खँडकाले क्रमशः ७१८१ र ७५८४ मत प्राप्त गरेका छन् ।