कांग्रेस नेता प्रदीप पौडेलको गृहवडा शुक्लागण्डकी –८ मा एमाले विजयी

कांग्रेस नेता प्रदीप पौडेलको गृहवडा शुक्लागण्डकी –८ मा एमाले विजयी

२०७९, जेठ ३ मंगलवार

  • 1.3K
    SHARES

  • कांग्रेस नेता प्रदीप पौडेलको गृहवडा शुक्लागण्डकी –८ मा एमाले विजयी

    तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको वडामा नेकपा एमाले विजयी भएको छ । पौडेलको गृहवडा शुक्लागण्डकी नगरपालिका–८ को वडाध्यक्षमा एमालेका नारायणसिंह थापा विजयी भएका छन् ।

    उनी एक हजार १८३ मत प्राप्त गरी निर्वाचित भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका चन्द्रकला भट्टराईले एक हजार ४४ मत प्राप्त गरेकी छन् ।

    वडा सदस्यमा दुई वडा सदस्य एमालेले र दुई वडा सदस्य नेपाली काङ्ग्रेसले जितेको छ । एमालेबाट खुल्ला सदस्यमा अशोक महत एक हजार १६८ र मानबहादुर क्षेत्री एक हजार ८२ मत प्राप्त गरी विजयी भएका छन् ।

    महिला सदस्यमा कांग्रेसकी डम्बरकुमारी सिग्देल एक हजार ९२ र दलित महिला सदस्यमा सिर्जना विक एक हजार ८४ मत प्राप्त गरी विजयी भएका छन् ।

    २०७९, जेठ ३ मंगलवार११:४४:४९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार