संसद् अवरोधबाट एमाले पछि हट्यो

संसद् अवरोधबाट एमाले पछि हट्यो

२०७९, जेठ ३ मंगलवार

  • 1.1K
    SHARES

  • संसद् अवरोधबाट एमाले  पछि हट्यो

    काठमाडौं। नेकपा एमालेले झन्डै ९ महिना देखि जारी राखेको संसद् अवरोध अन्त्य गरेको छ ।

    एमाले उपमहासचिव तथा सांसद प्रदीपकुमार ज्ञवालीले त्यसको जानकारी संसदमा गराएका हुन् ।

    बजेट अधिवेशन सुरु भएको दिनबाट एमालेले अवरोध अन्त्य गरेको हो । एमालेले भदौ २३ देखि संसदमा विरोध जारी राखेको थियो ।

    एमालेले माधवकुमार नेपालसहितका नेतालाई सांसदबाट हटाउन सिफारिस गरेको थियो । उपमहासचिव ज्ञवालीले एमालेले आफ्ना असन्तुष्टिहरू फरक शैलीमा प्रस्तुत गर्ने पनि जानकारी दिएका छन् ।

    तर सभामुख अग्निप्रसाद सापकोटाले उक्त सिफारिस कार्यान्वयन नगरेको भन्दै उसले संसद् अवरोध जारी राखिरहेको थियो । सभामुखले राजीनामा दिनुपर्ने वा कारबाहीको सूचना टाँस्नुपर्ने एमालेको माग थियो ।

    सरकारले जेठ ७ मा नीति तथा कार्यक्रम ल्याउँदै छ । संयुक्त सदनमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ  ।

     

    २०७९, जेठ ३ मंगलवार०४:३१:२७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार