काँग्रेसद्वारा प्रेमबहादुर देउवाको निधनप्रति दुःख व्यक्त

काँग्रेसद्वारा प्रेमबहादुर देउवाको निधनप्रति दुःख व्यक्त

२०७९, जेठ ३ मंगलवार

  • 1.0K
    SHARES

  • काँग्रेसद्वारा प्रेमबहादुर देउवाको निधनप्रति दुःख व्यक्त

    काठमाडौं । नेपाली काँग्रेसले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाका सहोदर भाइ प्रेमबहादुर देउवाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

    सामाजिक व्यक्तित्व देउवाको ६७ वर्षको उमेरमा गए राति काठमाडौंमा उपचारका क्रममा निधन भएको हो ।

    पार्टीका तर्फबाट केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

    काँग्रेसले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

    स्व प्रेमबहादुरका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।

    २०७९, जेठ ३ मंगलवार०५:३६:२०

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार