एक दिनमा एक हजार  ५६९ कोरोना सङ्क्रमित

एक दिनमा एक हजार  ५६९ कोरोना सङ्क्रमित

२०७९, जेठ ३ मंगलवार

  • 1.1K
    SHARES

  • एक दिनमा एक हजार  ५६९ कोरोना सङ्क्रमित

    नयाँदिल्ली । भारत २४ घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म  एक हजार ५६९ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख २५ हजार ३०७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ ।

    यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप १९ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार २६० पुगेको छ । 

    यस समयमा भारतमा ९१७ जना सक्रिय सङ्क्रमित संख्या झरेपछि हाल भारतभरी  सक्रिय सङ्क्रमित १६ हजार  ४०० रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ ।

    चौविस घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म दुई हजार ४६७ कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ८४ हजार २४३ लाई कोरोना सङ्क्रमण निको भएको छ ।-एजेन्सी ।

    २०७९, जेठ ३ मंगलवार०५:४६:४३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार