टोखाको मेयरमा एमालेका प्रकाश अधिकारी विजयी

टोखाको मेयरमा एमालेका प्रकाश अधिकारी विजयी

२०७९, जेठ ४ बुधवार

  • 2.4K
    SHARES

  • टोखाको मेयरमा एमालेका प्रकाश अधिकारी विजयी

    काठमाडौं । टोखा नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार प्रकाश अधिकारी विजयी भएका छन् । उनी १० हजार ३ सय ४० मत ल्याएर विजयी भएका हुन्। उनी यस अघिका पनि मेयर हुन् ।  

    उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार रजनी थापाले १० हजार १ सय ६६ मत ल्याएकी छिन् । त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार मुरारी तामाङ विजयी भएका छन् ।

    १० हजार १ सय ३२ मत प्राप्त उपमेयरमा तामाङ विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेकी उम्मेदवार ज्ञानमाया डंगोलले ९ हजार ५ सय १८ मत ल्याएकी छिन् ।

    २०७९, जेठ ४ बुधवार०७:१०:३७

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार