भारतीय काँग्रेसको गुजरात प्रदेश अध्यक्ष पटेलद्धारा पार्टी परित्याग

भारतीय काँग्रेसको गुजरात प्रदेश अध्यक्ष पटेलद्धारा पार्टी परित्याग

२०७९, जेठ ४ बुधवार

  • 1.1K
    SHARES

  • भारतीय काँग्रेसको गुजरात प्रदेश अध्यक्ष पटेलद्धारा पार्टी परित्याग

    अहमदावाद । भारतीय राष्ट्रिय काँग्रेसको गुजरात प्रदेश अध्यक्ष हार्दिक पटेलले पार्टी परित्याग गरेका छन् ।  पार्टीको प्रदेश नेतृत्वप्रति केही समयदेखि असन्तुष्टि व्यक्त गर्दै आएका पटेलले बुधबार पार्टीको जिम्मेबारीबाट राजीनामा दिएका हुन् ।

    उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “मैले आज पार्टीको गुजरात प्रदेश कार्य समितिको अध्यक्ष र साधारण सदस्यबाट राजीनामा दिएको छु ।”उनले आफ्नो निर्णयबाट आफ्ना सबै सहकर्मी, समकक्षी, सुवेच्छुक र गुजरातका जनता खुशी हुने र स्वागत गर्ने विश्वास पनि व्यक्त गरेका छन् । 

    उनको निर्णयबाट पार्टीका पूर्व अध्यक्ष राहुल गान्धीले दुःख व्यक्त गरेका छन् । उनले पार्टी र पद परित्याग गर्ने निर्णय फिर्ता लिएर पार्टीमै रहन पटेललाई आग्रह गरेका छन् । उनले पार्टीका इन्चार्ज र अरु नेताहरुलाई पनि पटेलसँग छलफल गरेर उनका असन्तुष्टिहरु सम्बोधन गर्न र विमती न्युनिकरण गरी विवाद अन्त्य गर्न पनि निर्देशन दिएका छन् । -एजेन्सी ।

    २०७९, जेठ ४ बुधवार०२:००:०१

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार