काठमाडौँ । काठमाडौँ महानगरको जारी मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार भोट कटाएका छन् ।
५४, ६२१ भोट गणना हुँदा बालेनले २१,१११ भोट पाए भने उनको प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार केशव स्थापित १०, ९९८ भोटमा सीमित भएका छन् ।
त्यस्तै काँग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले १०, १७३ भोट ल्याएकी छन् ।
मतगणना जारी स्थापितको गृहवडा काठमाडौँको २८ नम्बर वडामा समेत स्थापित पछि परेका छन् । यहाँ बालेनले ३७८ भोट ल्याए भने स्थापितले ३४५ मात्रै प्राप्त गरे ।