नाइजेरियाली सेनाको कारबाहीमा ४३ अतिवादीको मृत्यु

नाइजेरियाली सेनाको कारबाहीमा ४३ अतिवादीको मृत्यु

२०७९, जेठ ६ शुक्रवार

  • 1.0K
    SHARES

  • नाइजेरियाली सेनाको कारबाहीमा ४३ अतिवादीको मृत्यु

    अबुजा। यहाँका करिब ४३ जना अतिवादी हतियारधारीहरु सेनाको कारबाहीमा मारिएका छन् । गएको तीन हप्तायता नाइजेरियाली सेनाले जारी राखेको कारबाहीका क्रममा नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारी मारिएका हुन् ।

    नाइजेरियाली सेनाले केही हप्ता यतादेखि सो क्षेत्रमा आतंककारीहरुका विरुद्धमा विशेष कारबाही अभियान सञ्चालन गरेको छ ।

    नाइजेरियाली सेनाका प्रवक्ता वर्नाड ओनियकुले दिएको जानकारीअनुसार सो क्षेत्रमा सेनाले गएका केही हप्तादेखि कारबाही जारी राखेको छ र त्यस क्रममा गएको तीन हप्ता यतामात्र ४३ जना अतिवादी हतियारधारी मारिएका छन् ।

    साथै यस अवधिमा सेनाले कम्तीमा २० जना हतियारधारीलाई पनि पक्राउ गरेको छ । त्यस्तै अपहरणमा परेका अरु ६३ जनालाई पनि सेनाले मुक्त गरेको छ ।

    उनीहरुलाई यहाँ आतंक मच्चाइरहेका हतियारधारीहरुले अपहरण गरी लगेका थिए । ती अपहरणकारीहरुलाई मुक्त गराइएको पनि सैनिक प्रवक्ता बर्नाडले जानकारी दिनुभयो ।-एजेन्सी ।

    २०७९, जेठ ६ शुक्रवार१२:३१:१३

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार