विराटनगरको मेयरमा नागेश र उपमेयरमा शिल्पा विजयी

विराटनगरको मेयरमा नागेश र उपमेयरमा शिल्पा विजयी

२०७९, जेठ ७ शनिवार

  • 1.1K
    SHARES

  • विराटनगरको मेयरमा नागेश र उपमेयरमा शिल्पा विजयी

    विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा नागेश कोइराला र उपमेयरमा शिल्पा कार्की निर्वाचित भएका छन् ।

    मेयरमा काङ्ग्रेस उम्मेदवार नागेश ८७१५ मतको अग्रतासहित विजयी हुँदा उपमेयरमा एमाले उम्मेदवार कार्की ११४६१ मत अन्तरले विजयी भइन् ।

    मेयरमा नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरे । एमालेबाट मेयरका उम्मेदवार सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवार उमेश यादवले ८ हजार ७९५ र राप्रपा उम्मेदवार प्रह्लाद साहले ५ हजार २१६ मत पाए ।

    उपमेयरमा शिल्पा कार्की २५ हजार ६८० मत सहित विजयी हुँदा जसपा उम्मेदवार अमरेन्द्र यादवले १४ हजार २१९ मत पाए । यसैगरी राप्रपा उम्मेदवार बिन्दा लुइँटेलले ६ हजार ४०१ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले ५ हजार ११७ मत प्राप्त गरिन् ।

    २०७९, जेठ ७ शनिवार०७:१९:५६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार